सेयर
काठमाडौं ।
गृहजिल्ला पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
मुटुमा समस्या भएपछि आज अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताईएको छ । प्रधानमन्त्रीको मुटुको एनजिओग्राफी गरिएको छ । प्रधानमन्त्रीको चेकजाँचमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको टोली खटिएको छ । सायमीले ओलीलाई अस्पताल ल्याउन ढिला भएको भए गम्भिर समस्या निम्तिन सक्ने जोखिम रहेको जानकारी दिए ।
१३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन्। ओलीको मिर्गौलाको दोस्रो पटक प्रत्यारोपणको तयारी गरिएको छ ।
shere this