काठमाडौं : फागुन १२, स्वीच कम्पनीका नेपालका एजेण्टसँग ७० करोड कमिसनको माग गरेका पुर्वसुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले दबाट राजीनामा दिएलगत्तै आफ्नो मन्त्रालयका कागजातहरु नष्ट गर्न आफै अख्तियार बनेर कागजात कब्जामा लिएको खुलासा भएको छ । बास्कोटाले राजीनामा दिएको राती नै अख्तियारले सञ्चार मन्त्रालयमा छापा हानेको समाचार बाहिर आएको थियो तर भने मन्त्रालयमा छापा नहानेका बताएको छ ।
बास्कोटाले मन्त्रीबाछट राजीनामा दिएको साँझ नै सादा पोशाकका सुरक्षाकर्मीले बाँस्कोटाको कार्यकक्षमा पुगेर छापा मारी त्यहाँ रहेका कागजपत्र नियन्त्रणमा लिएको थियो तर त्यो अख्तियारले छापा मारेर काजगपत्र नियन्त्रण लिएको नभई बाँस्कोटा आफैले आफ्ना मान्छे पठाएर त्यहाँका कागजपत्रहरु कब्जा गरेर लगेको रहस्य खुलेको छ । अख्तियार स्रोतलाई उदृत गर्दै सफल खबरले लेखेकोछ, ‘हामी त्यसदिन सञ्चारमन्त्रालयमा मन्त्रीको कार्यकक्षमा छापा मार्न पुगेकै छैनौं । अख्तियारले छापा मारेको भनी सञ्चारमाध्यममा खबर आउँदा आश्चर्यचकित भएका छौं ।’
अख्तियारले छापा नमारेको भए अख्तियारको नाममा अखिर कसले छापा मारेर काजपत्र लिएर हिड्यो भन्ने प्रश्न उठेको सो अनलाईनले जनाएको छ । अहिले यस विषयमा अख्तियार भित्र हल्लीखल्ली मच्चिएको छ । तर स्रोतका अनुसार बाँस्कोटाले नै त्यहाँका कागजपत्र आफ्नो हातमा लिनका लागि सादा पोशाकका सुुरक्षाकर्मीका नाममा आफ्ना मान्छे पठाएर कागजपत्र नियन्त्रणमा लिएका थिए । आफुमाथी छानविन गर्दा अन्य थप कमिसनका लागि काम भईरहेका प्रोजेक्टका कागजपत्र फेला पर्न सक्ने र त्यसले अप्ठायारो पार्न सक्ने भएपछि उनले प्रधानमन्त्रीसँगकै सल्लाहमा आफना मान्छे मन्त्रालय पठाई कागजपत्र गुपचुप रुपमा उठाएर हिडेको स्रोतले बताएको छ ।
अख्तियारले आफ्ना मान्छे मन्त्रालय गएर छापा मारेको समाचार प्रकाशित भएपछि को गएका रहेछन् भनी सिसि टिभि फुटेज हेरेको तर आफ्ना कोही पनि नगएको देखेपछि अख्तियारका नाममा अर्कौ कसैले कागजपत्र उठाएर लगेको ठानेको छ । ‘त्यसरी कागजपत्र अरुले उठाउने कुरा भएन की सिबिआई, की अख्तियार र की बाँस्कोटाले लग्ने कुरा हुन्छ,’ अख्तियार स्रोतले भन्यो, सम्पत्ति सुद्दिकरण ९सीआईबी० र हामी त्यहा पुगेकै छैनौं भनेपखि कसले लगेको होला अनुमान लगाउन सकिहालिन्छ नी । ’
बाँस्कोटाले मन्त्रालयका कागजपत्र चलाखीपूर्ण रुपले त्यही साझ उठाएर लगेबाट पनि देखिन्छ की बाँस्कोटाका हातमा रहेका खर्ब बढीको पोजेक्टभित्र कही न कही कमिसनका अन्य प्रकरणहरु पनि जोडिन आईपुग्छन् । सत्तारुढ नेकपाभित्र बाँस्कोटाका विषयमा पार्टीले पनि छानविन गर्नुपर्ने आवाज उठेको छ । तर प्रधानमन्त्री ओलीले पार्टीले भन्दा अख्तियारले यस विषयमा छानविन गर्ने भन्दै टार्न खोजिरहेका छन् ।
मन्त्री बास्कोटाका हातमा एक अर्ब बराबरका ७ आयोजनाहरु रहेका थिए । २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना, फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का, देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना १० अर्ब, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना साढे तीन अर्ब र हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रमलगायत रहेका थिए ।








































