सेयर
दार्चुला : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले आफ्नो पार्टीका एक कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । दार्चुला जिल्ला इञ्चार्ज आकाश र लक्ष्मण शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीका सदस्य नारद दमाईलाई कारबाही गरेका हुन् । नारदले पाटीको नीति विरुद्ध गतिविधि गरेकाले कारबाही गरएको विज्ञप्तिमा उल्लेख छ ।
नारदले पार्टी नीति र नेतृत्व विरुद्ध विष वमन गर्दै पार्टीलाई बदनाम गर्न खोजेपर्छि पार्टीबाट निष्काशन गरिएको विज्ञप्तिमा जनाईएको छ । साथै कारबाही गरिएका नारदले अहिले पनि पार्टी विरुद्ध गलत प्रचारप्रसार गरिरहेकाले त्यस्तो गैरराजनीतिक कदम तत्काल नरोके पार्टीले कडा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।
shere this