काठमाडौं ।
नेपाल नर्सिङ काउन्सिलबाट लाईसेन्स उत्तिर्ण गराउन एक कर्मचारीले बिद्यार्थीसँग गरेको घुस लेनदेन भएको च्याट बाहिरिएको छ । च्याट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकी पत्नीको नाम मुछिएको छ । काउन्सिलकी कर्मचारी जिता बरालले मन्त्री पत्नीलाई समेत घुस खुवाएर बिद्यार्थी पास गराउने कुरा च्याटमा उल्लेख छ। मिडियाडबली डट कमले सार्वजनीक गरेको च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।
उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी आईएमई नम्बरबाट पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । ति बिद्यार्थीले ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।