सेयर
उदयपुर ।
धनुषाबाट अपहरणमा परेकी भनिएकी किशोरीसहित १५ जनाको समुहलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उदयपुरको कटारीबाट हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका– ५ गौरिनाथकी १४ बर्षिय किशोरीलाई अपहरण गरेको भन्ने सुचनापछि खटिएको प्रहरीले किशोरीसहित १५ जनालाई पक्रेको हो ।
प्रहरीले उनीहरुको साथ बाट ३ थान पेस्तोल ११ थान सकेट बम १ थान प्रेसर कुकर २ थान खुकुरी र ३ थान म्याग्जीन बरामद गरेको छ ।
shere this








































