सेयर
नुवाकोट ।
नुवाकोटको ककनी गाउँपालिकाका विभिन्न वडामा भएका निःशुल्क आँखा शिविरमा ५४८ विरामीले सेवा लिएका छन् । वडा नम्बर २, ३, ४ र ८ मा भएको शिविरमा स्थानीयले लाभ लिएको गाउँपालिकाका अध्यक्ष सुमन तामाङ सज्जनले जानकारी दिनुभयो ।
गाउँपालिकाको विशेष पहलमा नेत्रज्योती संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रले निःशुल्क सेवा दिएको हो । शिविरमा ४६ जना आँखाका बिरामीको सल्यक्रिया भएको तामाङले बताउनुभयो ।
shere this








































