काठमाडौ, ११ असार ।
असार १४ गते हुनलागेको दास्रो चरणको निर्वाचनको प्रचारप्रसारको समयावधी अहिले मध्यरातको १२ बजेबाट सकिदै छ ।
राती १२ बजेबाट मौन अवधी सुरु हुने भएकाले विभिन्न पदका प्रत्यासीले मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । मौन अवधीमा चुनावी प्रचारप्रसार गर्न नपाइने भएपछी दलहरु मतदाता रिझाउन कस्सिएका हुन् । मौन अवधीसम्म चुनावी गतिविधी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता सबै ब्यक्तीमा लागु हुने प्रबक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।उहाले मतदान स्थलमा सम्पुर्ण सुरक्षा ब्यवस्था भएको हुदा ढुक्कसंग मतदानमा भाग लिन मतदातालाइ आग्रह गर्नुभएको छ