सेयर
भारत ।
भारतमा गुगल नक्साअनुसार यात्रा गरिरहेको कार दुर्घटनामा परेको छ । गएराती भएको घटनामा तीन जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेश राज्यको बरेली र बदायुंको सीमामा रहेको रामगंगा नदीमा फरिदपुर-बदायुको दातागञ्जलाई जोड्ने निर्माणधीन पुलबाट कार नदीमा खसेको भारतीय संचारमाध्यमले लेखेका छन् ।
गुगल म्यापको सहयोगमा गन्तब्यतिर गइरहेको कार पुलबाट खस्दा त्यसमा सवार तीनजनाको घटनास्थलमै ज्यान गएको हो ।
तीव्र गतिमा रहेको उक्त कार पुलबाट सिधै तल नदीमा खसेको पाइएको छ ।
तीव्र गति भएकैले चालकले कारलाई रोक्न नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पुलबाट २५ फिट तल नदिमा खसेको कारमा चालक सहित तीन जना थिए ।
shere this