काठमाडौँ ९ साउन ।
दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्दार गरी उपचार भइरहेको छ । बुधबार बिहान सवा ११ बजे त्रिभुवन विमानस्थलमा उडान भर्ने क्रममा रनवेमा चिप्लिएर जहाज दुर्घटनामा परेको थियो । जहाजमा चालक दलका सदस्यसहित सौर्य एयरलाइन्सै १९ जना कर्मचारी थिए । जहाजको इन्जिन मर्मत र एक महिना परीक्षणका लागि कर्मचारीसहित जहाज पोखरा लैजान लागिएको थियो ।
दुर्घटनामा को–पाइलट सुशान्त कटुवाल, अन्य कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको मृत्यु भएको छ । आरिफ रेडा यमनका विदेशी नागरिक रहेको बुझिएको छ ।
जहाज दुर्घटनापछि बन्द रहेको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ । उद्दारको कार्य सकिएकाले विमानस्थल खोलिएको हो ।