नुवाकोट। नेकपा माओवादीका नेता हितबहादुर तामाङले सामाजिक न्याय र सम्मृद्धिको सपना पुरा गर्न माओवादीले जित्नु पर्ने बताउनु भएको छ ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं।२ को उपनिर्वाचनका लागि मनोनयन दर्ता पछि भएको कोण सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तामाङले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियानले सार्थकता पाउन माओवादी केन्द्रले जित्नुपर्ने आवश्यकता बढेर गएको बताएका हुन्। उनले माओवादी केन्द्रले जितेमात्रै नेपाल राष्ट्रले खोजेको सामाजिक न्याय र समृद्धीको सपना पुरा हुने दाबी गरे।
तामाङले अहिलेको कांग्रेस सम्मिलित एमाले नेतृत्वको सरकारले भ्रष्टाचारी, अपराधी र माफियाहरु जोगाउने संरक्षक मात्र बनिरहेको दृष्टान्त उल्लेख गर्दै नेपाली जनताले उनीहरूको विकल्पमा माओवादी नै खोजिरहेको ठोकुवा गरे।
उहाँले आफू निर्वाचित भएको संघीय निर्वाचन क्षेत्र नं। १ अन्तर्गत रहेको उक्त वडामा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कृष्ण घिमिरे ९मिलन०ले निर्वाचन जित्ने आधारहरु समेत प्रस्तुत गर्दै नेता तामाङले ककनी क्षेत्रको पर्यटकीय वृहत्तर विकासको लागि पनि आफ्नो पार्टीको जित अनिवार्य रहेको धारणा ब्यक्त गरे ।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तिलक लामाले ८ सय ८८ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण घिमिरेले ७ सय ३४ मत ल्याएका थिए। उनको डेढवर्ष अघि मृत्यु भएपछि अध्यक्ष पद रिक्त रहँदै आएको छ।
१ सय ५३ मतान्तरले पराजित माओवादीका उनै घिमिरे पुन उपनिर्वाचनमा पनि उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन्।