सेयर
काठमाडौँ, १६ साउन ।
कृषि विकासमन्त्री रामकृष्ण यादवले कृषि क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन लागिएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले कृषि क्षेत्रलाई सबल, सुदृढ र उत्पादनमुखी बनाउन आफूले केही दिनभित्रै नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । उहाँले सरकारले कृषकलाई मलखाद उपलब्ध गराउने तथा किसानमुखी योजना अघि सार्ने जानकारी पनि दिनुभयो ।
मन्त्री यादवले तराई मधेशका विभिन्न जिल्लामा ५० प्रतिशत मात्र खेती भएकाले अब यसलाई बढाउन आफूले सिँचाइमा ध्यान दिने तथा सुख्खाग्रस्त क्षेत्रलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।
shere this