चितवन, २७ साउन ।
राट्रिय प्रजातनत्र पाटी राप्रपा चितवन बिभाजन नभएको जनाइएको छ ।
संयोजन भएका राप्रपा र राप्रपा नेपाल फेरी फुटेर पशुपतीशमशेर राणले राप्रपा प्रजातान्त्रिक नामक नया पार्टीको नेतृत्व गर्नुभएको थियो । चितवनका राप्रपा नेता तथा कार्यकर्ताहरुपनी राणाको नेतृत्वको पार्टीमा समाहित हुन लागेको भन्ने हल्लामात्र रहेको संस्थापन पक्षका जिल्ला उपाध्यक्ष दिलिप पाण्डे द्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टीे चितवन पशुपति राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा समाहित हुदै छ भन्ने संञ्चार माध्यमबाट आएका संमाचारप्रतिहरु प्रति आफ्नो ध्यान आर्कषण भएको राप्रपा चितवनले जनाएको छ ।
वर्तमान परिस्थितिमा राप्रपा भित्रको पछिल्लो विघटनले राप्रपा चितवन मर्महात भएको जनाउदै पशुपति राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा समाहित हुन भने न सक्ने राप्रपा चितवनले जनाएको हो । देशमा विद्यमान बहुमत अझै पनि सनातन मूल्य मान्यता सापेक्ष हिन्दु वहुल राष्ट्र तथा राष्ट्रियता एवम् संवैधानिक राजसंस्था चाहनेहरुको ठूलो जनमत रहेता पनि राष्ट्रवादि शक्ति हरु विभिन्न बहाना र स्वार्थमा विभाजित रहि रहनु एवंम एकिकृत भई सस्सक्त आन्दोलन मार्फत जनतामा उपस्थिति हुुन न सक्नु नै आज राष्टियता र हाम्रो वैभवशालि स्वभिमानको इतिहासले नूर गिराउनु पर्ने अवस्था आएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका जिल्ला प्रवक्ता संस्थापन पक्षका जिबलाल पुरी ’निर्जरा’ का अनुसार केन्द्रिय नेतृत्व प्रति आग्राह र केहि विमतिहरु रहेको भएता पनि जिल्ला कार्यसमितिका बहुमत सदस्य संस्थापन पक्षमै रहेका कारण चितवन राप्रपा संस्थापन पक्षमै हुनेछ । हल्लाको भरमा नलाग्न र कसैलाई विचलित न हुन आग्रह गर्दै राप्रपा चितवनले सनातन हिन्दु राष्ट्र संघियता र संवैधानिक राजसंस्था जस्ता नेपाललाई दुरगामि असर पर्ने विषयहरु प्रत्यक्ष जनमत संग्रह मार्फत टुङ्गो लगाउनपर्छ भन्दै राप्रपा अगाडी बढिरहेको समेत बिज्ञप्ति उल्लेख गरेको छ ।
हेर्नुहोस् बिज्ञप्ती