सुजन प्रेमी
कालिका (चितवन) माघ ११
पर्यटन राज्यमन्त्री ईन्द्र बानियाले चितवनको ऐतिहासिक पर्यटकिय क्षेत्र बिकाशमा योजना बनाएर गए मन्त्रालयबाट खालीहात फर्किनु नपर्नेे आश्वासन दिनुभएको छ । पुर्वी चितवनको शक्तिखोरमा नेपाली काग्रेसद्धारा आयोजित संगठन सुदृढीकरण एवम् जागरण अभियान अन्तरगत बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले चितवनका ऐतिहासिक र पर्यटकीय स्थलको उचित बिकाश नभएकाले बिकाशको लागी पहल गरिने बताउनुभयो । कार्यक्रमका बिशेष अतिथी नेपालि काग्रेस जिल्ला कार्यसमिती चितवनका सभापती जितनारायण श्रेष्ठले चितवनका धार्मीक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरु ओझेलमा परेकाले यसको प्रचार प्रसारमा तिब्रता दिनुपर्ने बताउनुभयो ।उहाँले सकारात्मक सोचले अगाडी बढे कुनै कुराको असम्भव नरहेको स्पष्ट पार्नुभयो । अधिकांस चेपाङ भएको शक्तीखोर ईलाकामा बिकाश निर्माणका कार्यमा तिब्रता दिईने श्रेष्ठको भनाई थियो । कार्यक्रममा क्षेत्रीय, ईलाका र बडा स्तरिय काग्रेसका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका थिए ।