(बङ्गलादेश), १९ भदौ ।
म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण विदेशिएका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या बङ्गलादेशमा करिब ८७ हजार पुगेको छ ।
छिमेकमा पर्ने देश म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाको कारण शरणार्थीको रुपमा ती व्यक्ति बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।
म्यानमारको अल्पसङ्ख्यक हजारौ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन ।
म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार प्रायः रोहिङगा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नको लागि पर्खेर बसेका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ ।
करिब दश दिनयतादेखि सुरु भएको हिंसाको कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ ।
हालैका दिनमा बङ्गलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बङ्गलादेश छिर्न सघाइरहेका छन ।
संयुक्त राष्ट्रसंघले प्राप्त गरेको समाचार अनुसार ती सुरक्षा गार्डहरुले म्यानमारबाट बङ्गलादेशको सीमा पारगर्न रोक लगाइएका छैन ।
गत पाँच बर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा अत्यन्तै भड्किदै गएको छ ।
राष्ट्रसंघका अनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँ व्यक्तिको मृत्यु भइसकेको छ ।
म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिवीर भरिएको हुनाले स्थानीय व्यक्तिहरुले समेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाको कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएका छन ।
रोहिङ्गा विद्रोही समूहले दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीमा गरेको आक्रमणमा करिब १५ प्रहरी अधिकारीको मृत्यु भएको थियो । साथै कैयाँै गाउँमा आगजनी पनि गरिएकोे अधिकारीहरुले जानकारी दिएका थिए ।
तर म्यानमारका सैनिक प्रमुखका अनुसार यस आक्रमणमा परी ३७० रोहिङ्गा आतङ्ककारीलगायत ४ सय व्यक्तिको मृत्यु भएको थियो ।