सेयर
मेक्सिको सिटी, ४ असोज ।
मेक्सिकोमा ७ दशमलव १ म्याग्नेच्यूडको भुकम्प गएको छ ।
उक्त शक्तिशाली भूकम्पमा परेर १ सय ४० भन्दा बढीको मृत्यु भएको मेक्सिको सरकारले जनाएका्े छ ।
भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् । जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भुक्म्पका कारण भग्नावशेषहरु क्षतबिक्षत भएको र बिजुली र टेलिफोन जस्ता सेवासमेत अवरुद्ध भएको त्यहा स्थित सञ्चारमाध्यामहरुले जनाएका छन् । घटनामा उद्धारकार्य जारी रहेको र क्षतीको विवरण अझै बढ्ने सञ्चारमाध्यामहरुले जनाएका छन् ।
shere this