काठमाडौ, १० असोज ।
बिगत ९ बर्षदेखी निरन्तर सञ्चारमाध्याममा कार्यरत एक बहुप्रतिभाका धनी हुन सुजन प्रेमी ।
बिभिन्न मिडियामा कार्यरत प्रेमी सञ्चार जगतलाइ मात्रै होइन गित संगितलाइ पनी उत्तिकै माया गर्नुहुन्छ । मिडिया इन्जिनिएरिङ्ग एण्ड टेक्नोलोजी कलेज अस्ट्रेलियामा मिडिया इन्जिनिएरिङ्ग अध्याएन गर्नुभएका प्रेमी प्रबिधीमा पनी त्यत्तिकै दख्खल भएका प्रतिभा हुन् । पछिल्लो समयमा आफ्नै बहुउदेष्य भएको एस पि पब्लिकेशन तथा कम्युनिकेशन टेक्नोलोजी नामक कम्पनी सञ्चालन गरेका प्रेमीले म्युजिक कम्पनी सञ्चालन गरि गितसंगितलाइ माया गरिरहेका छन् ।यसपाली सञ्चारकर्मी प्रेमीले आफ्नै म्युजिक कम्पनी बाट आफ्नै लय शब्द र स्वरमा ऋणको भरैमा नामक दशैको गित बजारमा ल्याएका छन् ।
गरिब हुनुको पिडा,अनी गरिबीहुदाको आफन्तले गरेका ब्यवहार जस्ता यथार्थता गितमा झल्किएको छ । पछिल्लो समयमा नेपाली गित संगितमा भएको बिक्रितिप्रती दुख ब्यक्त गर्देै प्रेमीले आफु रहेसम्म बिक्रिती भित्राउने गित बजारमा नल्याउने बताउनुभयो । सञ्चारकर्मी प्रेमीको म्युजिक कम्पनी एस पि पब्लिकेशन तथा कम्युनिकेशन टेक्नोलोजी बाट ३ वटा दोहोरी गित निस्किसकेको छ । बिशेषत लोक र दोहोरी गितप्रती रुची राख्ने प्रेमीले आफुले नेपाली गितसंगित सबैलाइ माया गर्ने बताउनुभयो । सञ्चारकर्मी प्रेमीकै लय शब्द स्वरमा रहेको गितमा पुरुष आवाजमा पुजन सुवेदी र महिला आवाजमा लक्ष्मी भुजेललाइ सुन्न सकिन्छ भने केदार ढुंगानाले थेगो बनाएका हुन् । आफुले संगितमा अघिदेखीनै हात हालेको भएपनी नाम नराख्ने गरेका प्रेमीले आगामी दिनदेखी निरन्तर कलाकारीतालाइ पनी अगाडी बढाउने र यसमा सम्पुर्ण दर्शक श्रोता तथा सञ्चारमाध्यामको सहयोग आवस्यक पर्ने बताउनुभयो ।
गित हेर्नुहोस् ।