पुजन सुवेदी
काठमाडौ, १२ असोज ।
ज्ञान सुचना र मनोरञ्जनका लागी सञ्चालन भएको अनलाइन रेडियो डिजिटल पत्रिका रेडियो बृन्दा अनलाइन डटकम डट एनपीले ग्राहकहरुको सेवालाइ मध्यनजर गर्देै लाइभ सपोर्ट र च्याट सेवा सुरु गरेको छ । एस पि पब्लिकेशन तथा कम्युनिकेशन टेक्नोलोजीद्धारा सञ्चालित रेडियो बृन्दा अनलाइन नया टेक्नोलोजी प्रयोग गरेर बनाइएको संस्थाका सिइओ तथा अनलाइनका प्रकाशक सुजन प्रेमीले बताउनुभयो । च्याट सेवा सुरु भएपछी आफ्नो प्रशारण र प्रकाशन भएका सामग्रीको तुरुन्तै प्रतिक्रिया पाइने र ग्राहकहरुले चाहेअनुसार आफु प्रस्तुत हुन पाइने मिडिया इन्जिनिएर तथा सञ्चारकर्मी सुजन प्रेमीको भनाइ छ ।
च्याट गर्नका लागी अनलाइन छ वा अफलाइन छ भन्ने थाहा पाउन सकिने छ भने अफलाइन भएपनी आफ्नो नाम इमेल ठेगाना राखेर अफलाइन म्यासेज पठाउन सकिने छ जसको उत्तर अनलाइन भएपछी आउने छ । अनलाइन भएको बेलामा तुरुन्तै रिप्लाइ आउने हुदा अनलाइनबाट गित रोज्न र सुन्न झनै सजिलो हुने प्रेमीको भनाइ छ ।
२४सै घण्टा प्रशारण हुने रेडियोबाट बिबिध कार्यक्रम र समाचार प्रत्यक्ष सुन्न सकिने र वेवसाइटमा ताजा समाचार र गतिविधिहरु हेर्न पाइने रेडियो बृन्दा अनलाइनले सदैव सत्यता खोज्ने अनलाइनका सम्पादक सरोज खनालले बताउनुभयो । आधुनिक प्रबिधी र निश्पक्ष पत्रकारीता संग संगै भन्ने नारा बोकेर अगाडी बढेको रेडियो बृन्दा अनलाइनले बिश्वमा प्रयोग भएका र नेपालका लागी उपयुक्त हुने नया प्रबिधीहरुको खोज र प्रयोगमा तिब्रता दिइएको छ । सिधै मोबाइल सपोर्ट वेवसाइट भएको रेडियो बृन्दा अनलाइन जुनसुकै मोबाइलमा पनी http://radiobrindaonline.com.np/ लगइन गरी सुन्न पढ्न र हेर्न सकिनेछ भने टुजी इन्टरनेटमा पनी बिना कुनै एप्लिकेशन सिधै वेवसाइट खोलेर रेडियो सुन्न सकिने छ । ताजा समाचार र बिबिध कार्यक्रमहरु हेर्न पढ्न र सुन्न सकिने प्रबिधीको रेडियो बृन्दा अनलाइनमा टुजी इन्टरनेट प्रयोग गरेर प्रत्यक्ष रुपमा समाचार र कार्यक्रम सुन्न सकिनेछ ।