बागलुङ, ११ फागुन ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिशेरामा अवस्थित शुभेक्षा एफ एम ९६.६ मेगाहर्जले सञ्चार माध्याममा काम गर्न चाहनेहरुका लागी तालिमको आयोजना गर्ने भएको छ । शुभेक्षा मिडिया प्रा ली द्धारा सञ्चालित शुभेक्षा एफ एमको आयोजना र एस.पि पब्लिकेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी प्रा.ली काठमाडौको प्राविधिक सहयोगमा यही फागनु १५ गतेदेखी १५ दिने तालिमको आयोजना गर्न लागीएको हो । आधारभुत पत्रकारीता, कार्यक्रम उत्पादन, समाचार संकलन र लेखन साथै एफ एम प्राविधीकको समेत तालिम दिइने रेडियोका स्टेशन म्यानेजर सन्ध्या आचार्यले बताउनुभयो । तालिम सिकेर आफु दक्ष भएपछी रोजगारीकोले आफैलाइ खोज्ने मिडिया इन्जिनिएर तथा सञ्चारकर्मी सुजन प्रेमी को भनाइ छ । आफुले तालिम सिकाउदा र तालिम सिक्नेले मेहनतले सिकेमा जुनसुकै क्षेत्रमा काम गर्न सकिने उहाँले बताउनुभयो । आफुले देशभरका सबै जिल्लाको मिडियाको अवस्था राम्ररी बुझेकाले त्यसै अनुरुप सिकाइने प्रशिक्षणपछी परिणाम राम्रो आउने गरेको प्रेमीको अनुभव छ ।
आफुहरुका लागी दक्ष कर्मचारीको समेत आवस्यक परेकोले तालिमको आयोजना गरीएको र तालिमबाट उत्कृष्ठ हुनेहरुलाइ रेडियोमै अवसर दिइने रेडियोका म्यानेजर आचार्यको भनाइ छ ।
बाग्लुङको शुभेक्षा एफ एम द्धारा तालिमको आयोजना, १५ गतेबाट सुरु गरीने
सेयर
shere this