सेयर
गजल
~~~~~~~~~~~~~~~~
आगो ले आफू जस्तै हुरहुर डढनु पर्छ भन्नू भो
पानी ले पोखरी र कुवा मै सढनु पर्छ भन्नू भो
थाकेर थारु दाइको आगनमा थ्याच बस्न खोज्दै थिय
शेर्पा दाइ ले आउ एकपटक हिमाल चढनु पर्छ भन्नू भो
लात हानेनी सहनुपर्छ बुद्धको उपदेश पढदै थिय
माक्स ले आउ अन्याय को बिरुद्द लडनु पर्छ भन्नू भो
भुलक्डड भएर उखेलिन खोज्दै थिय मस्तिष्कहरु बाट
इख ले एक पटक भित्री मनमा गडनु पर्छ भन्नू भो
अलमलिएर छोटिदै थिय जिन्दगीका गन्तव्य हरु
यात्रा ले अझै केही अघि बढनु पर्छ भन्नु भो
काहालिएर चेतना खसिरहेथ्यो भिरहरु मा
हिम्मत आएर एकछिन अडन पर्छ भन्नू भो।
बि पि बिद्रोही २०७५/४/१९
shere this









































