सेयर
काठमाडौं: असोज ८, नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपीं) धिरजप्रताप सिंहले बताएका छन् । खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याईएको छ ।
shere this