काठमाडौं: असोज १५, सरकारी कर्मचारीलाई दशैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दशैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ।
दशैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ। यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।









































