नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले दशैका लागि स्थानीय बाटोहरु मर्मत तथा सभा गर्न थालेको छ ।
असारे विकासको चटारो सकेर सुस्ताएको विकास निमार्ण अभियान दशैको नाममा फेरी सुरु भएको छ ।
नगर कार्यपालिकाको बैठकले दशैमा स्थानीय सडकहरु सफा गर्ने भन्दै प्रत्येक वडालाई ७ लाख दिने निर्णय गरेसँगै वडा कार्यालयहरुले धमाधम बटो सफा गर्न थालेका छन् ।
सात लाख मध्ये पाँच लाख बाटो सफा गर्नेका लागि खर्च गर्नुपर्नेछ भने दुई लाखको हिमपाईप खरिद गर्नुपर्ने छ । हिमपाईप नगरपालिकाले नै खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो ।
यस्तै बाटो सफा गर्नका लागि पनि डोजरका लागि टेन्डर आह्वान गरिएको थियो ।
नगरपालिकाले टेण्डर आह्वान गरे अनुसार ४१ सय र २१ सय मा सम्झौता भएको छ । ठुलो अर्थात टु ट्वान्टी डोजरलाई ४१ सय भुक्तानी गरिने छ भने सानो डोजरका लागि २१ सय भुक्तानी गरिने निर्णय भएको जानकारी दिनुभयो । उहाका अनुसार जोडरको सञ्चालनका लागि मेन प्याईन्टमा जनप्रतिनिधिको रोवरमा नम्बर चेक गरेपछि अन्त्यमा सोही नम्बरको आधारमा भुक्तानी गरिने छ ।

बाटो सफाई अभियानमा काग्रेस नेता एवं पुर्व गाविस अध्यक्ष इन्द्र लामा
स्थानीय बाटोहरु बर्खाका समयमा पानीले बगाएर गाडीहरु चल्न नसक्ने भएपछि नगरपालिकालेदशैमा सर्वसाधारणको आवातजावतलाई ध्यानमा राखेर बाटो सफा गर्ने निर्णय गरेको जनाइएको छ ।
यसैबीच नगरपालिकाको यो निर्णयमा कतिपय वडा अध्यक्षले नोट अफ डिसेन्ट लेख्ने भन्दै नगर प्रमुख समक्ष असहमति प्रकट गरेपनि मेयर खनालले निर्णय गर्ने अडान लिएपछि वडा अध्यक्षहरुले सहि गरेका थिए ।
नगर प्रमुख खनालले आफ्नो पार्टीका वडा अध्यक्षहरुको असहमतिका बीच निर्णय गरेपछि नेकपामा नगर प्रमुखका विषयलाई लिएर बहस सुरु भएको एक वडा अध्यक्षले बताए । उनका अनुसार नगर प्रमुखको विरोधमा समानान्तर कमिटि बनाउने चेतावनी समेत दिइएको छ ।
स्मरणीय छ सो नगरपालिकामा निर्वाचित केही वडा अध्यक्षहरुे आफैले डोजर किनेर गाउँमा सञ्चालन गरिरहेका छन् ।
एउटा डोजरको ५ हजारसम्मको बिल बनेको अवस्था थियो नगरपालिको निर्णयले त्यस्तो गलत प्रवृतिको अन्त्य भएको छ खनालले जानकारी दिनुभयो यसरी गरीने मौसमी विकासले दिगो विकास र गुणस्तरीयका हुन नसक्ने विज्ञहरु बताउद छन ।