सेयर
नुवाकोट ,नुवाकोटका एक युवाले गाउमा नि ःशुल्क बाई फाईको ब्यावस्था गरेका छन् । लिखु ६ मा रहेको एक टावरबाट सो सेवा थान्सीगं र थानपतिका केही गाउबासीलाई उपलब्ध गराएका हुन ।
लिखुका सामाजिक कार्यमा क्रियाशिल युवा प्रकाश डगोलले गाउलाई निःशुल्क वाई फाईको ब्यावस्था गरेका हुन ।
उनले नेताहरुले चुनावि आश्वासन धेरै दिए पनि गाउ र जनताको पक्षमा काम नगर्ने चरीत्रलाई प्रतिकात्मक विरोध स्वरुप गाउमा निशुल्क वाइफाईको ब्यावस्था गरेको बताएका छन् । टावरबाट ८०० मिटर सम्मको क्षेत्रमा सेवा उपलब्ध हुने डंगोलले बताएका छन् । ४० हजार रुपैयाको लागतमा सो सेवा सञ्चालनमा आएको हो । 
shere this








































