सेयर
काठमाडौं: निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।
१३ बर्षिया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो । छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए बर्खास्त गर्ने गृहको तयारी छ ।
shere this