सेयर
काठमाडौ ,नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनलार्इ भव्य बनाउन तयारी बैठक सम्पन्न गरेकाे छ ।
जनसभाको प्रचारप्रसारलाई तीव्र पार्न नेकपाले केन्द्रीय सदस्य चिरन पुनको संयोजकत्वमा गुणराज लोहनी, भीमप्रसाद चापागाईं, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, स्थाइ समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए । बैठकले जनसभाको प्रचारमा भएका प्रचारको तयारीबारे समीक्षा गरेको थियो ।
बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय लिइएको बताइएको छ ।
shere this