काठमाण्डौ , अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनमा राजधानिमा एक बृहत कवि गोष्ठी सम्पन्न भएको छ । विहिबार संवाद डबली अनामनगरमा भएको
कवि गोष्ठीमा कविहरुले देश ,जनता, जनजिवन र नेताहरुको गद्धारी विरुद्ध सशक्त कविताहरु बाचन गरेका थिए ।
कार्यक्रममा कवि डा राम प्रसाद ज्ञवाली, बलराम तिमल्सीना ,मोक्तान थेवा ,संगीता पनेरु ,बैरागी जेठा ,मिसन अधिकारी ,बन्धु चन्द ,आस्था घिमीरे ,उमाकान्त युके नारायण नेपाल ,धनन्जय बुढा , ढुण्डस्राज अधिकारी ,अग्नीराज पौडेल ,झनक श्रेष्ठ लगाएत ४० जना भन्दा धेरै स्रष्टाहरुले कविता बाचन गरेका थिए ।
महासंघका उपाध्यक्ष शोभा दुलालको अध्यक्षतामा सम्पन्न कवि गोष्ठीमा नेकपाका केन्द्रिय सदस्य गुणराज लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । महासंघका सचिव अशोक सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा महासघंका महासचिव खेम थपलियाले कविता माथि टिप्पणीमुलक समिक्षा गरेका थिए ।