काठमाडौं : पौष २७, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाका स्थायी समिति सदस्य नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको आरोप लगाएका छन् । एक अनलाईनसँग कुरा गर्दै भीम रावलले आफुलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन, उहाँ (भीम रावल) विषयवस्तुलाई बङ्ग्याउन सिपालु व्यक्ति हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।
नेता रावलले एक अनलाईनसँग कुरा गर्दै मलाई बाचलुवाटारमा बस्ने ब्याक्तिबाट ज्यान मार्ने धम्की आएको छ । लेडि डायनाले जसरी ज्यान गुमाउनु प¥यो तिमीले पनि त्यसरी नै ज्यान गुमाउनु पर्ला भनेर मलाई धम्की दिइयो । यो विडम्बना हो उनले भने । नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने पनि बताए । पछिल्लो समय सत्तारुढ नेकपामा एमसीसीको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली समुह एक्लिँदै गएको छ । सत्तारुढ नेकपाभित्र एमसीसीको भीम रावलले सबभन्दा बढी विरोध गरिरहेका छन् । तर प्रधानमन्त्री ओली भने जसरी पनि पास गर्ने पक्षमा उभिएका छन् ।









































