काठमाडौं : माघ १४, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अहिले परिवर्तन विरोधीहरु नेतृत्वमा पुगेका बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालको राजनीति सधै सम्झौतमा गएर टुंगिएको र सम्झौतापछि परिवर्तन विरोधी शक्तिहरु नेतृत्वमा आएको बताएका हुन् । ईतिहास हेर्ने हो भने नेपलमा परिवर्तन सम्झौताबाट नभई एकता, संघर्ष र रुपान्तरण बाट संभव भएको डा. भट्टराईले बताए । त्यसैगरी नेपालमा अहिलेसम्म सापेक्षित परिवर्तनमात्र आउको दाबी गरे ।
त्यस्तै अर्को प्रशंगमा जनताको सार्वभौम मानिने व्यवस्थापिका संसदलाई कार्यपालिका प्रमुखकै समान हैसियतमा राख्नु लोकतान्त्रिक मान्यता विपरित भएको समेत बताए । डा. भट्टराईले भने, लोकतन्त्रमा राष्ट्रपति पछि संसदको सभामुखलाई माथिल्लो बरियतमा राख्नु पर्ने जिकिर गरे । उनले भने हामीले अहिले त सभामुखलाई पनि न्यायपालिका प्रमुखसँगको समान वरियतामा राखेको छौँ । सायद कतैबाट नक्कल गरेका कारण यस्तो भएको हो ।