सेयर
काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनकपुर ब्युरो सदस्य पुनः पक्राउ परेका छन् । विप्लव समूहका जनकपुर व्युरो सदस्य तिर्थबहादुर राई आज नुवाकोट जिल्ला अदालतबाट पक्राउ परेका हुन् ।
आगजनी मुद्धामा आज जिल्ला अदालत नुवाकोट साधारण तारिखमा छाड्नलाई आदेश दिएपनि नुवाकोट प्रहरीले राईलाई पुनः अदालतभित्रैबाट नियन्त्रणमा लिएको हो । राईलाई प्रहरीले पक्राउ गरेर अवस्था सार्वजनिक गरेको छैन ।
shere this




















































