सेयर
काठमाडौं ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। सरकारको दुई वर्षे उपलब्धिबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्रीले हिजो नै सम्बोधन गर्ने कार्यक्रम तय भएपनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन आजलाई सरेको थियो ।
shere this