सेयर
काठमाडौं, ९ फागुन
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको शल्यक्रिया गरेपछी उहाँ भारतमा हुने अभ्यास खेलमा सहभागी नहुने भएको छ । शल्यक्रियापछि कप्तान खड्का अस्पतालबाट घर फर्किनुभएको छ । पेट दुखेपछि गत शुक्रबार काठमाडौंको धासासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो । पेटमा सानो प्वाल मात्र पारेर शल्यक्रिया गरिएकाले उहाँ चाँडै खेलमा फर्कन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँ भारतमा हुने अभ्यास खेलमा सहभागी नभए पनि नेपालमा हुने प्रशिक्षण क्याम्पमा सहभागी हुने श्रोतले बताएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि अभ्यास गर्न नेपाली क्रिकेट टोली आगामी शुक्रबार भारत जाँदैछ ।
shere this