रसुवा ।
नेकपा रसुवाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आज एक निर्देशन जारी गरेको छ । नेकपा रसुवाका अध्यक्ष कर्न्याल लामाले जारी गरेको निर्देशनमा कोरोना भाइरसको विरुद्ध नेपाल सरकारले लिएको सम्पूर्ण निर्णयलाई कार्यान्वन गर्न गराउन प्रतिवध्द रहन र एकजुट भएर लाग्न भनिएको छ ।
नेकपा रसुवाले सरकारले गरेको लकडाउनलाई अनिवार्य रुपमा सवै पार्टी कमिटी र जनतालाई पालना गर्ने र गर्न लगाऊने तथा विदेशबाट आएकाहरुको तथ्यांक सकलन गरी क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने जनाएको छ ।
यस्ता छन् निर्देशनः
१. नेपाल सरकारले गरेको लकडाऊनलाई अनिवार्य रुपमा सवै पार्टी कमिटी र जनतालाई पालना गर्ने र गर्न लगाऊने ।
२. गाँउपालिकाभित्र विदेशवाट फर्कनेहरुको सूची तयार गरी सरकारको आधिकारिक निकायमा जानकारी गराउने र १४ दिन सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।
३. कोरोना भाइरससँग मिल्दो संकेत देखीएका बिरामीहरुको तथ्यांक संकलन गरी सरकारको आधिकारिक निकाय तथा स्वास्थ्य संस्थामा जानकारी गराउने ।
४. कोरोना भाइरस अति संवेदनशील तथा प्राणघातक सरुवा रोग भएकाले सरकारको आधिकारिक निकायसँग समन्वय नगरी सरकारी मापदण्डविना सस्तो लोकप्रियताको लागी आफुखुसी राहत सामाग्री वितरण गर्न नपाईने । त्यस्तो सामाग्री आफुसँग भएमा स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्था र सरकारका आधिकारिक संस्थालाई बुझाएर सहयोग गर्न हाम्रो पार्टी आव्हान गर्छ ।
५. जिल्ला पार्टीको धुन्चे र कालिकास्थानमा रहेको पार्टी कार्यालयलाई आवश्यक पर्दा अस्थायी क्वारेनटाइन बनाई सहयोग पुर्याइने छ |
६. प्रत्येक गाँऊपालीका भित्र रहेका गरीव, स्रमविना आफ्नो जिविका धान्न कठिन घरपरिवारको तथ्याकं लिएर सरकारको आधिकारिक निकायमा पठाऊने ।
७. प्रत्येक गाँऊपालिकाका पार्टी इन्चार्ज/अध्यक्षले सवै वडा र कमिटीको प्रत्येक दिनको रिपोर्ट तयार गरी जिल्ला पार्टी कार्यालय र सरकारको आधिकारिक निकायमा पठाउने ।
८. स्वास्थ्य कर्मी, स्वास्थ्य संस्था, सरकारको आधिकारिक निकायसँग समन्वय गरी स्वयंसेवकको भुमीका निर्वाह गर्ने ।
नेकपाले साबधानी अपनाउन आव्हान गर्दै जिल्लाका सबै स्थानिय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, सेना, स्वास्थ्य कर्मी, कर्मचारी लगाएतलाई धन्यवाद ज्ञापन गरेको छ ।








































