सेयर
काठमाडौं ।
नुवाकोटको ककनी ३ का विपन्न परिवारले राहत पाएका छन् । वडा नं ३ ले विपन्न र लकडाउनमा फसेकाहरुलाई राहात वितरण गरेको हो ।
राहत स्वरुप दाल, चामल, नुन र तेल वितरण गरिएको धननाथ बजगाईले जानकारी दिए । गाउँपालिकाले वडा नं ३ मा २ इटा भट्टामा फसेका ४ सय जनालाई पनि राहात वितरण गरेको छ । जयभैरवि इटा उद्योग र देवी इटा उद्योगलाई २० बोरो चामल, धननाथ बजगाई २० केजि नुन, २० केजि दाल र २० केजि तेल वितरण गरिएको हो ।
गाउँपालिकाले हाल सम्म विपन्न ५७ घरपरिवालाइ राहात वितरण गरेको बताएको छ । लकडाउनका कारण विभन्न ज्याला मजदुरी गर्नेहरु अप्ठ्यारोमा परेका छन् । यस्ता समस्यामा परेका र फसेकाहरुलाई विभन्न जिल्लामा अहिले राहात वितरणको कार्य भइरहेको छ ।
shere this