सेयर
रुकुम, १२ जेठ ।
रुकुम लगाएत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ शिक्षक बिद्यार्थीसमेत लाग्न थालेका छन् ।
उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ ।
बर्षेनी जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्कलकले लाखौँ रुपैयाँ आम्दानी गर्छन् ।
यार्सागुम्बा सङ्कलनको याम सुरुभएसँगै बन्दोबस्तीका सामानसहित सर्वसाधारण हिमाली क्षेत्रमा पुगेका छन् ।
shere this