सेयर
-प्रदिप नेपाल
घरमा पराईसँग बिहेको काम, कुरो चाल्दै गर्दा
दिदी कति रुनुभो आँगनीमा, जग्ये बाल्दै गर्दा
वरिपरी लिंगाचौका अनि ध्जवापताले सजाइयो
दिदीको मनमुटु गलेको थ्यो आमाले धुप पगाल्दै गर्दा
सायद दिदीको विस्वास ढलेको हुँदो हो माईतीप्रति
बिहे भोजको खुसीमा खसीको शीर ढाल्दै गर्दा
यसरी नयाँ जीवन सुरु हुन्छ भनेर ढुक्क हुनै सकिन
मन भाँचियो छुट्टिने बेला दिदीले आँशु खसाल्दै गर्दा
एकै चिम्टीले सिँउदो रंग्याएर चेली पराई बनायो
मैले दिदीलाई खुब सम्झे एक्लै घर सम्हाल्दै गर्दा
shere this









































