काठमाडाैँ ।
पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी– कुलेखानी) आयोजनाको कार्यालय सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारले सुरुङमार्ग आयोजनाको कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले कार्यालयको उद्घाटन गरे ।
कार्यालय बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहने जनाइएको छ । उद्घाटन गर्दै मन्त्री फूयाँलले प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम अगाडि बढाउने बताएका छन ।
shere this