सेयर
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन जनगणतान्त्रिक सम्पर्क मञ्चका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेश अधिकारी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । अधिकारीलाई बिना कारण पक्राउ गरेको भन्दै जनगणतान्त्रिक सम्पर्क मञ्चले भर्त्सना गरेको छ ।
पक्राउ परेका अधिकारीलाई बिना शर्त रिहा गर्न जनगणतान्त्रिक सम्पर्क मञ्चले माग गरेको छ। नेकपामाथि प्रतिबन्ध लगाए यता प्रहरीले नेकपाका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ ।
shere this








































