विश्व वातावरण दिवसको अवसरमा बासले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँ चौकमा रहेको सद्भाव बाटिकामा बृक्षारोपण र सरसफाई गरेको छ ।
नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्थापना भन्ने मुल नाराका साथ बाग्मती सरसफाई अभियानको मुख्य आयोजना, बास नेपालको सह संयोजन र विभिन्न संघ संस्थाहरूको सहकार्यमा भएको देशव्यापी बृहत बृक्षारोपण महाअभियान अन्तरगत उक्त बृक्षारोपण गरिएको हो ।
आज विहान सद्भाव वाटिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जन सम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, सहजकर्ता शोभा थापा मगर लगायत वडाका पदाधिकारी सहभागि भई बाटिकाको सरसफाई गर्नुका साथै बाटिकामा बृक्षारोपण गरेको छ ।

बृक्षारोपण कार्यक्रम बन डिभिजन कार्यालय नेपालगन्जको समन्वयमा गरिएको थियो । महाअभियान अन्तरगत देशभरी नै विभिन्न संघसंस्था तथा व्यक्तिहरूको अगुवाइमा बृक्षारोपण भएको छ । बासले देशभरिका जिल्ला शाखा, उपशाखा तथा सदस्यहरूलाई आफूलाई पायक पर्ने स्थानमा बृक्षारोपण गर्न यस अगाडी नै सर्कुलर गरिसकेको थियो ।




















































