काठमाण्डौ ,नुवाकोट जिल्लाका प्रतिष्ठित समाजसेवी,बुद्धिजीवी एवम् नागरिक समाजका प्रतिनिधिहरूको भेला काठमाडौं ,सामाखुसीमा सम्पन्न भएको छ । सो भेलाले वामपन्थी नेता गणेश पण्डितका सम्झनामा गणेश स्मृति प्रतिष्ठान गठन गरेको छ ।
नेता पण्डितले राजनीतिक जिवनमा समाज परिर्वतनका लागी गरेको योग्दानको प्रचारप्रसार गर्दै संस्थागत गर्ने उदेश्य लिएर कदर सो प्रतिष्ठान स्थापना गरिएको जानाकारी अध्यक्ष कुमार पण्डितले दिनु भयो ।
भेलाले नयाँ कार्यसमिति चयन गरेको छ। प्रतिष्ठानमा राजकुमार पण्डित उपाध्यक्ष , नरहरि पण्डित सचिव , दिनेश पण्डित कोषाध्यक्ष, सदस्यहरूमा इन्द्रबहादुर पण्डित बट्टार ,रामप्रसाद प्याकुरेल , श्रीमान् तामाङ ,श्रीकृष्ण भण्डारी शिव बहादुर भण्डारी ,दामोदर थापा ,हरिकृष्ण अधिकारी , ध्रुवप्रसाद मिश्र , रत्नबहादुर थापा , कमला महत , किशोर पण्डित ,नानीकृष्ण उप्रेती , विमल थापा, र श्री इन्द्रबहादुर पण्डित दुप्चेश्वर रहनु भएको छ ।








































