सेयर
दुई वर्षअघि नेपाली राजनीतिका एकजना शीर्ष नेताले ‘हेग जान पाए म हिरो हुन्छु, मेरा विरोधीहरु मलाई हिरो बनाउन चाहन्छन्’, ‘हेगमा उभिन पाए मलाई संसारले चिन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
यस्तो लाग्थ्यो, मानौं हेग नोबेल पुरस्कार प्रदान गरिने थलो हो।
होइन कमरेड।
त्यहाँ अपराधको अभियोगमा अदालतमा आफ्नो सफाई दिनपर्छ, महिनौं, वर्षौं।
‘…नत्र हामी सिद्दिने थियौं’ भनेर शान्तिप्रक्रियामा आएपछि आउनुको कारणबारे भन्नुभएको थियो। अहिले पनि ‘नत्र सिद्दिन्छौं’ भनिरहनुभएकै छ। त्यो ‘नत्र’ भित्र के थियो र छ भनेर अहिलेसम्म दुनियाँ बेखबर छ। के होला त्यो ‘नत्र..’ भित्र
कमरेड ?
अझ सुरिएर, अझ हौसिएर तपाई ‘मरेका पाँच हजारको जिम्मा म लिन्छु’ भन्नुहुन्छ सार्वजनिक सभामै। हेगको खेतीमा लिप्तहरुले त्यही फुटेज प्ले गर्न पनि पाटनको चौरमा चियापान आयोजना गरेको कमरेडलाई पत्तै छैन। फण्डेड मिडियाको चक्र तोड्न गाह्रो छ नि।
‘हामीलाई साइनिंग पाथ बनाउन खोजिएको थियो’ त भन्नुभयो तर त्यो ‘खोज्ने’ को हो अहिलेसम्म दुनियालाई भन्नुभएन। सत्तामै बसे पनि वा पौने सय पल्टनको सुरक्षामा चारकिल्लै बाँधेर बसे पनि तपाइले कुनै घेरा तोड्नुभएको छैन। किनकि, तपाई सधैं घेरामै हुनुहुन्छ।
…
कमरेड !
खिउ साम्फन नायक भए त? हिरो भए त?
…
कम्बोडियामा कम्युनिष्ट पार्टी अफ कम्पुचियाअन्तर्गतको खमेर रुज गुरिल्लाका मुखिया पोल पोटले चलाएको अमानवीय सत्तामा चार वर्षमा बीस लाख कम्बोडियालीको नरसंहार भएका थियो। अर्थात पोलपोटले कूल जनसंख्याको एक तिहाई सिध्याएछन्। तिनले त भियतनाममा अल्पसंख्यक आदिवासीहरुको समेत कत्लेआम गरेका नारकीय कथा भेटिन्छन्।
तिनै पोलपोटका प्रभावशाली नेता एवम् खमेर रुज विद्रोहीका शीर्ष गुरिल्ला हुन् खिऊ साम्फन। यिनलई पोलपोटका दाहिने हात एवम् ब्रोदर नम्बर वान भनेर पनि चिनिन्छ।
केही बेरअघि मात्र उनले कम्बोडिया र भियतनाममा भएको नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गरेछन्। उनी युद्ध अपराधको अभियोगमा राष्ट्रसंघीय बन्दी हुन्। चार वर्षअघि गिरफ्तार भएका उनी अहिले नब्बे वर्षका भए।
पत्रकार पुरुषाेत्तम लम्सालकाे सामाजिक सञ्जालबाट
shere this