सेयर
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी पश्चिम नवलपरासीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बिरोध कार्यक्रम नवलपरासीको सालबास चोकमा भएको हो।
आयल निगमले हिजो पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै उक्त कार्यक्रम अखिल क्रान्तिकारीको केन्द्रिय कार्यक्रम अनुसार गरेको पश्चिम नवलपरासीका सचिव सन्देशले बताउनुभयो । वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तुरुन्त फिर्ता लिनु पर्ने, गरिब निमुखा सर्वहारा वर्गको ढाड सेक्ने कार्य बन्द हुनुपर्ने संगठनको माग छ ।
shere this








































