चितवन ।
लक्की मिडिया हाउस चितवनको आयोजनामा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्ति सम्मानित भएका छ्न् । चलचित्र प्रिमियर शोको अवसर पारेर चिकित्सकतर्फ भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी, शिक्षाकर्मीमा ग्रीनल्याण्ड पब्लिक स्कूलका सह-प्राचार्य उपेन्द्र आचार्य र ब्यवसायीबाट दाजुभाई मोटरसाईकल रिकण्डिसन एण्ड वर्कशपका सञ्जालक युवा उद्यमी दिपेश खड्का सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश दर्शकहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।
सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो ।









































