लिभिङ वाटर नेपालको आर्थिक सहयोगमा नुवाकोटको बेलकोटगढी-४ दियालेमा खानेपानी सञ्चालन हुने भएको छ। परियोजनाको रूपमा सञ्चालन हुन गइरहेको उक्त कार्यक्रमबाट दियाले लगायत अन्य आसपास क्षेत्रमा रहेका ६७ घरधुरी लाभान्वित हुनेछन्।जसका लागि रु.एघार लाख त्रियासी हजार पाँच सय दस रुपैयाँ बजेट रहेको छ।आज एक कार्यक्रमको बिच सहयोगी संस्था र श्री दियाले सिक्रेपिपल खानेपानी तथा सरसफाइ उपभोक्ता समितीबिच बजेट सम्झौता भएको छ। कार्यक्रममा बोल्दै समितीका अध्यक्ष चन्द्रबहादुर तामाङले अब कार्यक्रम निर्माणका लागि तिब्र रूपमा अगाडि बढाउने बताउनु भएको छ।
उक्त परियोजना ल्याउन सफल यसै बेलकोटगढी-४ सालखर्क,नुवाकोटमा रहेको पिपल चौतारी युवा क्लबका अध्यक्ष तथा समाजसेवी सोमबहादुर तामाङको पहलमा भएको हो। स्थानीहरुका लागि पिउने पानी समस्या समाधान गर्ने हेतुले आफुले चिनेजानेका संघ संस्थामा सम्पर्कमा रहि कार्यक्रम ल्याउन सकेकोमा खुशी लागेको उहाँको भनाइ छ।विकासको लागि बिनास आवस्यकता छ तर बिनासबिना नै विकास गर्न सक्ने हो भने गाउँ घर अझ सुनमा सुगन्ध भर्ने समेत उहाँले बताउनु भयो।
लिभिङ वाटर नेपालका कार्याकारी निर्देशक विजय गुरुले संस्थाले विभिन्न जिल्लाका गाउँहरुमा आफुहरुले काम गर्दै रहेको र बेलकोटगढीमा भने पहिलो चरण रहेको बताउनु भयो।स्थानीयहरुको ठूलो जमातमा उपस्थिति देख्दा खुशी लागेको समेत उहाँले बताउनुभयो।
उक्त लिभिङ वाटर नेपालका कार्यक्रम अधिकृत पन्चबहादुर तामाङद्वारा भने सम्झौता पत्रका बारेमा र संस्थाको विस्तृत रूपमा बताउनु भएको थियो।समितिका पदाधिकारीले के कस्ता कार्यहरु गर्नुपर्ने हो र उपभोक्ताहरु आफैंले जनश्रमदान बापत गर्नुपर्ने भन्ने कुरा प्रष्टाउनु भएको थियो ।