सुजन प्रेमी
नुवाकोट, ४ असार ।
नेपाल पत्रकार महासंघ नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनालले आफु श्रमजिवी पत्रकारको हकहितमा हरबखत लागीरहने प्रतिबद्धता जनाउनुभएको छ । रेडियो बृन्दाअनलाईनसंगको कुराकानीमा उहाँले अब कलम चलाउने र पत्रकारीता गर्ने जो कोहीले पनी सदस्यता र महासंघबाट पाउने सेवा सुविधाबाट बन्चित हुनु नपर्ने बताउनुभयो । गैर पत्रकारलाइ सदस्यता बितरण सम्बन्धी प्रश्नमा उहाँले आफ्नो कार्यकाल र त्यसपछी पनी यसमा गहन छानविन हुने र पत्रकारीता नगर्नेलाइ सदस्यता नदिने र लिएको भएमा खारेजी गर्ने समेत बताउनुभयो । उहाँले सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै ब्यवसायीक र श्रमजिवी पत्रकारीता आफ्नो पक्ष रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ नुवाकोटको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले कपिलदेव खनालको नेतृत्वमा नया कार्यसमिती चयन गरेको थियो । पटक पटक मिति तोकेर अवरुद्ध हुँदै आएको शाखाको शनिबार भएको मतदानमा खनाल ६८ र उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ५७ मत प्राप्त गरेका थिए । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उपाध्यक्षमा रामहरि न्यौपाने र रुपा अर्याल, सचिवमा जगदीश खनाल, सहसचिवमा नवराज सुवेदी र जमुना गजुरेल तथा कोषाध्यक्षमा सुनिल विष्ट निर्वाचत भएका छन । निर्वाचनबाट केद्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनोट गरिएको छ । अध्यक्षमा विजयी खनाल प्रेस सोसाइटी नुवाकोटका अध्यक्ष समेत हुन ।