काठमाडौ, ११ असोज ।
नेपाली गितसंगितमा अग्ररुपमा पाइला चाल्दै गर्नुभएका श्रष्टा तथा कलाकार हिमाल सागर हिङमाङले यो दशैमा अर्को कोसेली दिनुभएको छ । २०७२ सालको दशैमा झुपडीको घरमा नामक गित लिएर आउनुभएका हिमालको त्यस गित निकै चर्चामा पुग्यो । परदेशीएको छोरा र दुखी परिवारको आमाको कथा समेटीएको गितमा परदेशबाट घर आउन नपाएकोमा हिमालले दुख ब्यक्त गर्नुभएको छ । झुपडीको घरमाको अपार सफलतापछी हिमालले अहिले झुपडीको घरमा२ ल्याउनुभएको छ ।

पहिले परदेशी छोरा र आमाको कथामा आधारीत गितमा अहिले भने परदेशीएको श्रीमान र घरमा एक्लिएकी श्रीमतीको ब्यथा समेटीएको छ । पहिलेको जस्तै नाम तर गितको कथा फरक किन? भन्ने रेडियो बृन्दा अनलाइनको प्रश्नमा हिमालले पहिले आमा सम्झाएँ यसपाली श्रीमती र सके अर्कोपटक घर फर्केर संगै रमाएको कथा प्रस्तुत गर्ने बताउनुभयो ।गणेशकुमार हिङमाङको प्रस्तुती दशै गित झुपडीको घरमा२ मा हिमाल सागरकै लय शब्द र स्वर रहेको छ भने महिला आवाजमा पार्वती कार्कीले आवाज दिनुभएको छ ।

भिडियो हेर्नुहोस् ।
https://www.youtube.com/watch?v=gNxmK9vDuvU






































