चितवन: असोज ८, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको दाबी गरेका छन् । स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने बताएका हुन् । पछिल्लो समय सत्तारुढ नेकपाभित्र ओली गुट हावी भएपछि चिन्तित बनेका प्रचण्ड ओली नेतृत्वको सरकारका बिरुद्ध खनिएका छन् ।
प्रचण्ड भारत भ्रमणका बेला २ बर्षपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति भएको भारतीय पत्रिकामा अन्तरवार्ता दिएका प्रचण्ड आफ्नो गृह जिल्ला चितवन पुगेर सरकारका बिरुद्ध खनिएका हुन् । जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने भन्दै आफ्नै पार्टीका अध्यक्ष ओलीलाई प्रश्न समेत गरेका छन् ।
‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ प्रचण्डले भने । अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा छन् । अब प्रचण्डलाई ओलीले के जवाफ दिन्छन् भन्ने सर्बत्र चाँसोको बिषय बनेको छ ।