
हरीकृष्ण श्रेष्ठ
२०३० साल ताका तिब्बतमा भएको खम्पा बिद्रोह पछि नेपालमा शरणार्थी बनेर पछि अंगिकृत नेपाली नागरिकता लिएका तिब्बतीहरु तिनका सन्तानहरु आदीवासी जनजातीको सुचीमा अटाउंछ की अटाउंदैन? अटाउंछ, भने आदीवासी जनजातीको पनी बसाई सराई हुंदो रै’छ भनेर बुझम् ।
२•
बिनोद चौधरी स्वय॔ले मेरो पुर्खा (तीन/ चार पुस्ता अघी) भारतबाट ब्यापार ब्यबसाय गर्न नेपाल आएका र पछि यतैको नागरिकता लिएर नेपालमा स्थाई बसोबास गरेको भनेको कुरा “बिनोद चौधरीमा” पढ्न पाईन्छ । हाल मधेशी कोटाबाट प्रतिनिधी सभामा समानुपातीक समाबेशी सांसदको रुपमा कांग्रेसको भागबाट स॔सदमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । नेपाली नागरिकता भए पछि जो सुकै पनि भुमि-पुत्र हुने रहेछ भनेर बुझम् ।(ब्यक्तिगत बिरोधको रुपमा नलिई दिनु हुन अनुरोध)
३•
खस आर्यहरु कुमाउ गढवाल तिरबाट कहिले पश्चिम नेपाल तिर छिरे अनी, कुन जातीलाई त्यहांबाट खेदेर कब्जा जमाए भन्ने ईतिहास कहिं कतै भेटिंदैन । बरु पृथ्वीनारायण शाहले तिनीहरुलाई बेदखल गरेर आफ्ना जनता बनाए भन्ने कुरा सुनिदै आएको छ ।
४•
नेपाल बहुभाषीक, बहु सांस्कृतिक राज्य हो । यहां कुनै शासकले तिमीहरुको मौलीक स॔स्कृती मान्न पाउंदैनौ भनेर कहिल्यै कतै भनेको छ जस्तो लाग्दैन । गौरा, ल्होछार, माघी, साकेला, उभौली-उधौंली, छठ, ईद र रम्जान आदी मनायो भनेर राज्य कहिल्यै रिसाएको थाहा पाईएन । दशैं हाम्रो चाड हैन, हामी मान्दैनौं भन्यो भने – मान्नै पर्छ, “नत्र” भनिएको छैन होला । केन्द्रबाट अलि टाढा भएर धेरै जनजातीको पर्वहरुलाई शाह राजाहरुले आत्मसात गर्न नसकेको होला, तर नेवा: स॔स्कृतीमा शाह राजाहरु पुरै रङमङ्गिएका छन् । पछिका राष्ट्र प्रमुखहरुले यसलाई निरन्तरता दिएकै छन् । अहिले त हरेक जातजातीका पर्वहरुमा सरकार प्रमुख र मन्त्रीहरु भेषभुसा सहित कार्यक्रममा उपस्थित भएर खुशी साटासाट गर्छन् ।
५•
राज्य र समाज कुनै जातजाती, भाषा, धर्म र स॔स्कृती उपर पुर्वाग्राही छैन । सांस्कृतिक सदभावकै पक्षमा छ । एउटा समुदायको पर्वमा अर्को समुदाय रमाई रहेको देखिन्छ । यस्तो सामाजीक सद्भाव बिश्वमै उदाहरणीय छ ।
६•
राज्यको एउटा भाषा हुन्छ । त्यसको माध्यमबाट आम जनतालाई सुचना जारी गर्न सकियोस भन्ने हेतुले । हाम्रो मुल भाषाले आजको बिज्ञान र प्रविधीलाई पछ्याउन नसकि रहेको अवस्थामा अझै जातीय भाषामा शिक्षा दिनु पर्यो भन्छौ भने आधा उक्ली सकेको सिंडीबाट झरेर फेरि सुन्यबाट शुरु गर्दाको ढिलाईले हातैमा आई सकेको चन्द्रमा फुत्कन बेर छैन । खाडल बढाउने की, सबै दलदलमा फस्ने ?
६•
कलुषित मनशाय प्रायोजकको छ । आयोजकहरु एक कदम् पछि हटम् ।