काठमाडौ ,नेकपा नाम बिबादास्पद बनेको सवालमा नेकपा अध्यक्ष ऋषि कट्टेलले फेस्बुमार्फत कडा अभिव्यक्ति दिएका छन । निर्वाचन आयोगसंगको लफडा, त्यसवाट सिर्जित तरंग ,संचार जगत संगको भेटघाट र पार्टीकै साथीहरु संगको संवाद आदी कारणले फेसबुक तिर ध्यान दिने अवसर मिलेन । यस बीचमा सामाजिक संजालमा निकै चर्चामा रहेको विषय बनेको छ राष््टपतिको पदमा आसिन हुन पुगेकी विद्या माहारानीको टिका प्रकरण ।आज छोटो चर्चा यसै विषयमा ।
मैले जव विद्या भण्डारी लाई राष्ट् पति बनाउने निर्णय त्यस पार्टीले गरयो त्यसै बेला लेखेको थिए विद्या गणतन्त्र नेपालको राष्ट्पति बन्ने योग्य पात्र होइनन । एउटा गुठको भोटले संविधानतः उनी राष्ट्पति त भइन तर उनी राष्ट् पतिको रुपमा सम्ंमान गर्न लायक पात्र होइनन । गणतन्त्रमा राष्ट्पति बन्ने पात्रको कुनैन कुनै विषयमा विशिष्टता हुनैपर्दछ । तर विद्यामा विशिष्टताको त कुरै छोडौ सार्वजनीक रुपमै उनीसंग जोडीएर राष्ट्पतिवन्नै नसुआउने गरी कतिपय संगिन प्रश्नहरु उठेका थिए । टिका प्रकरण उनका यस्तै अयोग्यताका सह उत्पादनहरु हुन ।
अहिले मात्र हैन जव उनी राष्ट्पति पदमा आसिन भइन त्यसवेला देखिनै उनमा सामन्ति रफाफ देखिएकै हो । उनले आफुलाइ नव माहारानीको रुपमा हरेक क्षेत्रमा उभ्याएकी छिन । त्यो चाहे कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुदा होस वा उनका वोली चाली रहन सहन भेषभुसामा होस वा उनका पारिवारिक फुर्ति फार्तिमा होस सवैछेत्रमा उनका सामन्ति रफाफ स्पष्ट देखिन्छन । उनले आफ्ना छोरी ज्वाईहरुलाई समेत नव युवराज र युवराज्ञी को दर्जामा उभ्याएकी छिन । उनको एउटा ज्वाईले अकुत सम्मति जोडेको प्रश्न सार्वजनिक रुपमै उठयो त्यसलाई शक्तिको आडमा दबाईयो । सारमा विद्या भण्डारीले आफुलाई नव सामन्तवादको नेतृत्वको केन्द्रको रुपमा उभ्याउने धृष्टता गर्दैछिन अव यसको प्रतिकार नेपाली जनताले गर्नैपर्दछ । टिका प्रकरण ख्याल ठट्टाको कुरा हैन नेपाली जनताको गणतन्त्रको उपहासहो ,जनतालाई रैतिठान्न्ो मनोवृत्तिको द्योतकहो , धर्मनिरपेक्षताको ठाडो उलंघनहो । यस्त्ौ अवस्थाको पुनरावृत्ति भईरहने हो भने शितल निवासवाट वाहिर निस्कने वित्तिकै विद्याको मोटरमा जनताले ढुगामुडा गर्नु पर्ने दिन आउन सक्दछ । चेतना भया ।
नाम लफडामा कट्टेलको कडा कुरा
सेयर
shere this








































