सेयर
काठमाडौँ :राज्यको कडा निगरानीमा रहेको बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा जनसभा गर्ने भएको छ ।
उक्त पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ ।
नेकपाका उच्च नेताहरुले सम्बोधन गर्ने जनाएको भए पनि को कस्ले सम्बोधन गर्ने उल्लेख छैन । तर नेकपाले ५० हजारकार्यकर्ता सहित लाखौ जनतालाई सो कार्यक्रममा उतर्ने जनाएको छ ।
shere this








































