काठमाडौं : पौष २४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धको पक्षमा भएपनि अमेरिका युद्धको पक्षमा नरहेको बताएका छन् । हिजो इरानी रिभोलोस्नरी गार्ड कुड्सले अमेरिकी सेनाको इराकमा रहेको शैन्य शिविरमा दर्जनौँ मिसायल प्रहार गरेपछिको अवस्थाका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले आफुसँग हाईपर सोनिक मिसायल भएपनि युद्धको पक्षमा नरहेको बताए । इरानले अमेरिकी सेनाको इराकमा रहेको शैन्य शिविरमा ब्यालेष्टिक मिसायल प्रहार गरेपछि संसारको ध्यान डोनाल्ड ट्रम्पले कस्तो स्टेप चमल्लान् भन्ने सर्वत्र चासो भएपनि अमेरिकी राष्टपति डोनाल्ड ट्रम्प भने संसारले सोचेकोभन्दा एक कदम पछाडी हटेका छन् । आफ्नो संबोधनको शुरुको शब्दमै राष्टपति डोनाल्ड ट्रम्पले आफु र आफ्नो देशले परमाणु हतियार प्रयोग गर्न नचाहेको बताए । त्यसपछि दोस्रो वाक्यमा इरानले आफ्नो शैन्य शिविरमा हमला गरेको तर आफ्ना सबै सेना सुरक्षित रहेको बताए ।
उनले भने, इरानले हाम्रो सैन्य क्याम्पमा मिसायल आक्रमण गर्यो । हाम्रा महान सेना सुरक्षित छन् । हाम्रा महिला सेना, पुरुष सेना सब सुरक्षित रहेका छन् । हाम्रो महान यन्त्रहरुले आक्रमण हुनुभन्दा पहिल्यै जानकारी दिईसकेको थियो । त्यसकारण अमेरिकी सेना तयारी अवस्थामा थियो । यद्धपी केही भौतिक क्षती भने भएको छ । इरानले सन् १९७९ को जस्तै भन्ने सोचेको थियो तर अवस्थामा परिवर्तन आईसकेको छ । अमेरिकी सेनाले आतंककारी कासिम सुलेमानीलाई मारेको थियो । सुलेमानी अत्याचारी थियो । उसले हिजबुल्लह आतंककारीहरुलाई सहयोग गरेर इराक, लेबनान , सिरिया र यमनका सडकमा धमाका गराउथ्यो । सुलेमानी हत्यारा थियो । उसले हजारौँ अमेरिकी सैनिकलाई मारेको थियो ।
त्यस्तै ट्रम्पले कासिम सुलेमानीको मृत्यु दुबै देश (इरान र अमेरिका) को लागि फाईदा भएको बताए । उनले भने, सुलेमानीलाई पहिल्यै जागिरबाट हटाउनु पथ्र्यो । मर्नु भन्दा पहिल्यै । अब हत्यारा सुलेमानीको मृत्युले अमेरिका र इरानलाई फाईदा भएको छ । हामीले इरानलाई कडा आर्थिक प्रतिबन्ध लगाउने छौँ । प्रत्येक जल क्षेत्रमा हामीले आफ्ना जल सैनिक राख्ने छौँ । उनले भने, इरानलाई हामीले परमाणविक हतियार निर्माण नगर्न आग्रह गर्यौ । उसले मानेन । त्यसपछि उसलाई अमेरिकाले १५० विलियन डलर दियौँ । तर उसले हामीलाई सधै घात मात्रै गर्यो । हामीले उसलाई सहयोग गर्यौ तर उसले हामीलाई सन्धि गर्दागर्दै हाम्रो नष्टको कामना गर्यो ।
रुस र चीनलाई इरान विरुद्ध उभिन आग्रह
त्यसकारण हामी त्यो जोईण्ट कम्प्रेन्सिभ प्लान अफ एक्सनबाट बाहिरियौँ । त्यस्तै ट्रम्पले इरानले परमाणु हतियार बनाउन खोजेको र त्यसलाई रोक्न अन्य शक्ति राष्टहरुले अमेरिकालाई सहयोग गर्नु पर्ने बताए । ट्रम्पले भने इरानले परमाणु हतियार बनाउन खोजेको छ । त्यो कसैको हितमा छैन उनले भने। इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स एक ठाउँमा उभिनु पर्छ । इरानलाई परमाणु हतियार बनाउनबाछ रोक्नु भनेको शान्ति र स्थिरता कायम गर्नु हो । इरानले हाम्रो १५०० सैनिक मारेको छ । अझ म भन्न चाहन्छु मेरो नेतृत्वमा मध्यपूर्वमा सैनिक सुदृढ भएको छ । त्यसकारण नेटो ९नोर्थ एटलान्टिक ट्रिटी ओर्गनाईजेसन० अझ एकबद्ध हुन आवश्यक छ उनले भने ।
हामीलाई मध्यपूर्वको तेल नभएपनि पुग्छ ।
त्यस्तै ट्रम्पले अमेरिकामा आफु राष्ट्रपति बनेपछि अमेरिकाले आर्थिक तथा सैन्य समृद्धि गरेको दाबी गरे । उनले भने, म अमेरिकाको नेतृत्वमा आएपछि अमेरिकाको आर्थिक अवस्थामा निक्कै सुधार आएको छ । हामी अहिले तेल उत्पादनमा आत्म निर्भर भएका छौँ । हाम्रा थुप्रै तेलका कम्पनीहरु छन् । त्यसकारण हामीलाई मध्यपूर्वको तेल नभएपनि पुग्छ ।
आइएसआई र इरानको घनिष्ट सम्बन्ध थियो
त्यस्तै अमेरिकासँग अत्याधुनिक आणविक हतियार ९हाईपरसोनिक मिसाय० भएको जिकिर गरे । उनले भने, हामीसँग हाईपर सोनिक हतियार छ । तर हामी यसको प्रयोग गर्न चाहदैनौँ । तपाई हामीलाई थाहा छ, २ महिना अघि हामीले आईएस आईजस्तो आतंकवादी संगठनलाई ध्वस्त पार्यौ । बकर अल बग्दातीजस्तो शैतानलाई मार गिरायौँ । तर इरानको बग्दातीसँग निकटको सम्बन्ध थियो ।
इरानी जनताको सुख र समृद्धिको कामना छ ।
आफ्नो मन्तब्यको अन्तिममा टम्पले इरानी जनताको सुख र समृद्धिको कामना पनि गरे । उनले भने, हामी शान्तिका पक्षमा छौँ । इरानी जनतालाई भन्न चाहन्छु, तपाईहरुको घरमा शान्ति, समृद्धि आओस् । तपाईहरुको भबिष्य सुन्दर र समृद्ध बनोस् । हामी शान्तिको पक्षमा छौँ । धन्यवाद ।